बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तीन जुकोटमा रहेको साईमाण्डु र भवानीमाण्डु मन्दिर जीर्ण बन्दै गएका छन । परापुर्व काल देखि कार्तिक स्वामी र भवानीमाइको पुजाआजा हुँदै मन्दिरको पछिल्लो समय संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएका हुन । पुजाआजाका लागि बाजुरा सहित सुदुर तथा कर्णाली प्रदेशका जिल्लाबाट भक्तजन पुग्ने मन्दिरको संरक्षण अभावमा जिर्ण बन्दै गएका स्थानीय चरित्रजङ्ग शाहीले बताए । उनले आस्थाको धरोहर मानिने धार्मिकस्थल संरक्षण हुन नसक्दा दिनप्रतिदिन जर्ण हुदै गएका बताए ।
सुदुरपश्चिम प्रदेशको बाजुरा, बझाङ्ग, अछाम, डोटी र कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला, कालिकोट लगायतका ठाउँबाट तिर्थालु भक्तजन पुजाआजाका लागि यहाँ पुग्ने गरेका बताए । श्रदालुभक्तजनको आस्थाको धरोहर मानिने मन्दिर अर्थात आसपासमा रहेका टहरा, पोखरी लगायतका संरचना भत्किदै गएका बताए । गाउँपालिकाको केन्द्रबाट ४ घण्टाको पैदल दुरीमा साईमाण्डु र भवानीमाण्डु मन्दिर छन ।
हरेक वर्ष साउन पुर्णिमाको दिन साइमाण्डु र भवानी माण्डु मन्दिरमा पुजा आजा गर्ने गरीन्छ । साउन पुर्णिमाको अघिल्लो दिन विभिन्न ठाउँबाट तिर्थयात्राका लागि मन्दिरमा भक्तजन पुग्ने गर्छन । मन्दिरमा मागल, चार्ची, देउडा खेलेर रातभर जागराम गर्ने परम्परा रहि आएको छ । चतुरदर्शीका दिनबाट सुरु भएको मेला पुर्णिमाका दिन स्नान गरी पुजापाठ गरे पश्चात समापन हुन्छ ।
पुरानो जीर्ण अवस्थाको मन्दिरको संरचना फेरीएको छैन । मन्दिर आसपास निमार्ण भएका अन्य संरचना पनि परीवर्तन हुन सकेका छैनन । स्वामीकार्तिक खापर गाउँपालिकाको प्रमुख धार्मीकस्थलका रुपमा रहेका यी मन्दिरको संरक्षण र सम्र्वद्धन हुन नसक्दा ओझेलमा परेका छन । साउन पुर्णिका बेला मन्दिरमा पुजाआजा हुन्छ, सोही अवसरमा सयौँको संख्यामा भक्तजन त्यहा पुग्छन ।
मनले चिताएको पुरा हुने आस्था र विश्वासका साथ सयांै भक्तजन वरदानका लागि त्यहाँ पुग्ने गरेका स्थानिय वुढापाका बताउछन । मन्दिर संरक्षण अभावमा ओझेलमा परेको छ । पुराना संरचना जीर्ण हुदै गए पनि नयाँ संरचना निमार्ण नहुदा मन्दिर पुगेका भक्तजनलाई ओत लाग्न समस्या भएको स्थानिय शाही बताउनुहुन्छ । सयांैको संख्यामा मन्दिर पुगेका श्रदालुभक्त जन वस्ने ठाउँको अभावमा मन्दिर भित्र कोचिएर वस्ने गरेका छन । सवैलाई ओत लाग्ने ठाउँ नहुदा कतपय रुखको छहारीमा त कतिपयलाई झरीमा र अधिकासंलाई रातभर वाहिर वस्नु पर्ने वाध्यता छ ।
मन्दिरमा टहरा लगायत खानेपानीको ब्यवस्थापन गर्न सके यात्रीलाई सजिलो हुने शाहीको अपेक्षा छ । स्वामीकार्तिक खापर गाउँपालिका त्यहि देवताको नामबाट जुराइएको छ । अहिले गाउँपालिकाका त्यहि स्वामी देवताको नामा प्रचलित छ । गाउँपालिकाले पनि प्रसिद्ध धार्मीकस्थल साईमाण्डु र भुवानिमाण्डु लगायतका अन्य थुप्रै सांस्कृतिक सम्पदाको संरक्षणमा चासो नदिएको वुढापाका बताउछन । गाउँपालिका भित्रका पुराना साँस्कृतिक सम्पदाको संरक्षण गरी बचाउन सरोकारवाला निकायको ध्यान पुग्न नसकेका कारण अधिकासं पुरना संरचनाको ध्वस्त बन्दै गएका स्थानिय वुढापाका बताउछन ।
प्रकाशित मिति: २६ असार २०८१, मंगलवार