काठमाडौं । चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) औपचारिक रूपमै खारेज भएको छ ।
बिहीवार एक सूचना प्रकाशित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीजीको दूरसञ्चार लाइसेन्स २०८० मंसिर १६ गतेदेखि नै लागू हुनेगरी खारेज भएको जानकारी दिएको हो । प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि सीजीको लाइसेन्स स्वतः खारेज भएको हो ।
प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार