८ पुष २०८१, सोमबार

जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा


काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दर्ता भ्रष्टाचार मुद्दाको फैसला आगामी साउन १३ गते दिने भएको छ।न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेपछि १३ साउनमा फैसला सुनाउने गरी मिति तोकेको हो ।

जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।उक्त मुद्दमा जोशीलाई विशेष अदालत भ्रष्टाचारी ठहर गरेको थियो । तर विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्चमा पुनरावेदन गरेका थिए।


प्रकाशित मिति: २० जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?