८ पुष २०८१, सोमबार

बजेट भाषण ३ बजेलाई सर्‍यो


काठमाडौं । मङ्गलवार १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक ३ बजेका लागि सरेको छ ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेशमा सहमति जुटेपछि समितिमा बस्ने नेताहरुको नाम टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।

मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन अनुसार सरकारले सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
बैठकपछि आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?