१० पुष २०८१, बुधबार

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १० हजारमा कारोबार


५ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्म कै महँगो भएको छ । साताको पहिलो दिन तोलामा २ हजार ९०० रूपैयाँले बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

अहिले नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।

त्यसैगरी, चाँदी भने प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबारको तुलनामा ३५ रूपैयाँ महँगिएको संघले जानकारी दिएको छ ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?