२८ मंसिर २०८२, आईतवार

पेट्रोल र डिजेलको मूल्य घट्यो


काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार