काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ। र यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: १ चैत्र २०८०, बिहीबार