२० पुष २०८१, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?


काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५ पैसा रहेको छ।

त्यसैगरी, आज  बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार