२३ पुष २०८१, मंगलवार

कालोपत्रे सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना


काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ ।

त्यस्तै, वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो ।

स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलबाड गर्ने गरी कालोपत्रे सडक खनेर बेवास्ता गरेपछि कारबाही गरिएको नगर प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार