९ पुष २०८१, मंगलवार

विमानस्थलबाट २६ लाख रकमसहित सरकारी कर्मचारी समातिए


२५ भदाै, बाँके । नेपालगञ्ज विमानस्थलबाट २६ लाख रकमसहित सरकारी कर्मचारी समातिएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा २६ लाख नगदसहित पक्राउ परेका हुन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको झोलाबाट उक्त रकम बरामद गरिएको थियो । उनी श्री एयरको उडानमार्फत ८ः४५ बजे काठमाडाैँ जान लागेको बताइएको छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?