२२ मंसिर २०८२, सोमबार

पिसाब फेर्न गएका पुरूष चिप्लिएर नदीमा बेपत्ता


२८ श्रावण, दाङ । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जानकारी दिएका छन् ।

उनका अनुसार घर नजिकै रहेको पत्रे खोलाले विकलाई बिहान ८ः३० बजेतिर बगाएको थियो । प्रहरी नायब उपरीक्षक गौतमले भने, ‘‘घरमा शौचालय नभएका कारण पिसाब फेर्न सधैँ खोला जाने गरेका थिए, त्यही क्रममा आज खोला गएको समयमा विकलाई खोलाले बगाएको भन्ने खुलेको छ । अहिले बेपत्ता विकको खोजी कार्य भइरहेको छ ।’’

बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार