२० मंसिर २०८२, शनिबार

खेतमा काम गरिरहेका छविलालको चट्याङ्ग लागेर मृत्यु


६ असार, नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर घाइते हुनुभएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार