२४ बैशाख २०८३, बिहीबार

‘समीक्षा गर्न चलचित्र बुझ्‌न आवश्यक’


चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा यहाँ दुई दिने कार्यशाला सुरू भएको छ । शुक्रबार सुरु कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् ।

प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताकोविषयबाट सुरू गर्नुभएको कार्यशालामा पत्रकार कृष्ण भट्टराईले पत्रकारिताः हिजो र आज, विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षाबारे प्रशिक्षण दिनुभयो । “अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्”, मुख्य अधिकृत भुसालले भन्नुभयो,“यस्ता कार्यशालाले स्वनियमन गर्न मदत गर्छ ।” निर्देशक सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताउनुभयो ।“कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ”, निर्देशक सायमीले भन्नुभयो ।

आज छायाङ्कार विष्णु कल्पितले दृश्य भाषा र लेखन, नरेश भट्टराईले प्रस्तोता, पूर्वअध्यक्षद्वय विदुर गिरी, शान्तिप्रियले सङ्घको महत्व र आवश्यकताबारे प्रशिक्षण दिनुहुने जनाइएको छ । पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई कार्यशालाले लाभ दिने सङ्घका अध्यक्ष दिनेश सिटौलाले बताउनुभयो ।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives