९ पुष २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन


सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिनुभएको छैन । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।


प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?