१९ मंसिर २०८२, शुक्रबार

दोस्रो दिनमा भव्य भईरहेछ बुद्धिष्ट ईन्टरनेशनल ट्राभल मार्ट


२९ बैशाख, लुम्बिनी ।  दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिनमा भव्य रुपमा जारी छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जारी मार्ट दोस्रो दिनमा होटल पवन प्यालेसमा उत्साहित रुपमा भइरहेकाे छ । मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर उत्साहित रुपमा सहभागी छन् ।

कार्यक्रम नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको हो ।यसअघि सन् २०१९मा पहिलोपटक बीआईटीएम आयोजना गरिएको थियो । मार्ट ३० बैशाख सम्म चल्नेछ । मार्टबाट बिशेषगरी बुद्ध दर्शनसँग सम्बिन्धित मुलुकमा पर्यटन प्रवद्धन हुने विश्वास लिइएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार