२० वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले नगद रकम सहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।
त्यसैगरी, राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको पनि सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिएकी छन् ।
एसिसि प्रिमियर कप अन्तर्गत मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । उक्त उपाधि जितेको नेपालले एसिया कपमा स्थान समेत बनाएको छ ।
नेपालले अब अक्टोबरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ ।
प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार