१० पुष २०८१, बुधबार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार


१५ वैशाख ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ ।

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन बाँकी रहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?