२० मंसिर २०८२, शनिबार

हुरीले प्रभावित उडान पुनःसञ्चालनमा


८ वैशाख ,काठमाडौँ ।हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो ।

अपराह्नदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो । हुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका थिए ।

भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा परेका थिए ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार