© 2024
हिमाली जिल्ला रसुवामा कार्यरत नेपाल प्रहरीलाई स्थानीयस्तरमै पुनर्ताजगी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी हवल्दार एवं सहायक हवल्दर र जवानका लागि भीड नियन्त्रणसम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको हो । कार्यालयले
जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । पुँगर लेकमा बस्ने उहाँले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले
वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु
तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै हुनुहन्छ । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न जुटेका हुन् । “हामी युवाले
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर
जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही
काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि
सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै