६ आश्विन २०८३, मंगलवार
   बाजुरा सन्देश
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी

धुञ्चेमा पशु सेवा सम्पर्क केन्द्र स्थापना

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन थालेको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले जनशक्ति अभावका कारण पछिल्लो एक वर्षदेखि सेवा दिन सकिरहेको थिएन

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै

‘सीप त छ, बेच्न बजार छैन’

कमलामाई (सिन्धुली), ४ माघ (रासस) : सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी

तरकारीले उकास्यो जीवनस्तर

धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो ।

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर

गैरआवासीय नेपालीले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “तपाईहरुका माग वा समस्या जे–जति

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गर्नुभएको छ । उहाँले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गर्नुभएको हो । मन्त्री श्रेष्ठले सडक

ताजा समाचार