© 2024
बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ । विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय
कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ ।
मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिँदै छ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले रु ३९ करोडको लागतमा उक्त योजना अगाडि बढाएको हो । सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ उर्लाबारी–८ र
सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति
नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम
महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको
तनहुँको म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिक्नुभयो । सीप सिकेपछि अब उहाँलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफँै उद्यमी बन्ने तयारीमा हुनुहुन्छ
कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्नुहुन्छ । तर काम कहिल्यै पाउनुभएन । बेरोजगार भएकै कारण उहाँ जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्नुहुन्छ । टीकापुर बजारमा घर
हुस्सुले धपक्कै ढाकिकरहेको थियो । तपतप शीतका थोपा खसिरहेका थिए । तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन । एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् । कोही प्याजका