© 2024
सशस्त्र द्वन्दमा माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’ नामकरण गरियो । दश वर्षे सशस्त्र द्वन्दको उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवद्र्धन गर्दे एउटा द्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उद्देश्यका
सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज यहाँ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको
सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक
परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुईदिने भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको
नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ । आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट
गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आउनुभएको हो । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले
‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेस गरेको छ । अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा आज गृह सचिव विनोदप्रकाश सिंहलाई हस्तान्तरण गर्नुभयो ।
सत्ता गठबन्धनमा सहभागी प्रमुख राजनीतिक दलले समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलका आबद्ध शीर्षनेताहरूको बैठकमा समसायिक राजनीतिक विषय, सरकारको काम कारबाही, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको
: नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो ।