© 2024
लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिनुभएको हो । गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गर्नुभएको थियो
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई
सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो ।
कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेका अन्तर माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएका छन् । खेलाडी उत्पादनको जग मानिने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता कोरोनाका कारण प्रभावित भएका थिए । कञ्चनपुरका नौवटै पालिकामा १३औँ राष्ट्रिपति रनिङ
चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले
सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमसखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन
विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार राति
धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ । तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ
जनकपुरधाम, २८ माघ (रासस) : मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव,