© 2024
नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली
लुम्बिनी, १३ फागुन (रासस) : बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो ।
स्याङ्जाको कालीगण्डकी ४ विर्घाकी गङ्गा पाण्डेय घरायसी काममा व्यस्त हुनुहुन्थ्यो । चुलो चौको, घाँसपातसहित घरायसी कामकाज नै उहाँको दैनिकी हुन्थ्यो । उहाँजस्तै यहाँका अन्य ग्रामीण महिलाको दैनिकी प्रायः गङ्गाकै जस्तो मिल्दोजुल्दो थियो । ग्रामीण समुदायका
वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका
तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ
मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ ।
छ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी) लगाइने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो । अस्पतालका
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने सम्झौता भए पनि अझैसम्म नाका
नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले सहमतिका आधारमा राष्ट्रपति
राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले