८ पुष २०८१, सोमबार

राष्ट्रपति पाैडेल अस्पताल भर्ना


१९ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।

पेटमा समस्या भएपछि उनि शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले राससलाई जानकारी दिएका छन् ।

“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि शनिबार साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने ।

अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शनिबार साँझ भर्ना भएको र उनि हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?