८ पुष २०८१, सोमबार

एमालेले तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उठाउने


१८ चैत्र, काठमाडाैँ । नेकपा एमालेले चितवन र तनहुँमा उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो ।

बैठकले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यस्तै, बाराका लागि भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको जानकारी दिइएको छ ।

गत मंसिरमा एमालेबाटै काठमाडौँ क्षेत्र नम्बर ६ बाट उठेका खनाल पराजित भएका थिए ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?