९ पुष २०८१, मंगलवार

एकीकृत समाजवादीबाट सरकारमा जाँदै प्रकाश ज्वाला


१५ चैत्र, काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रकाश ज्वाला सरकारमा जाने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा ज्वालालाई पठाउने निर्णय समाजवादी आज बसेको आकस्मिक बैठकले गरेको हो ।

पहिलो चरणमा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने बताइएको छ । वर्तमान  भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएपछि भाैतिक पूर्वाधार मन्त्रालय समाजवादीले पाउने भएको हो ।

 


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?