१० पुष २०८१, बुधबार

सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित


१३ चैत्र, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको ।

साेमबारका लागि काठमाडाैँ जिल्ला अदालतमा तोकिएको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको जानकारी दिइएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप विरूद्धको मुद्दाको पेशी परेको थियो ।

यसअघि काठमाडाैँ जिल्ला अदालतको फैसलालले जेल गएका लामिछाने पाटन उच्च अदालतले २० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेशसँगै जेलमुक्त भएका थिए ।

आगामी साताको सोमबार उक्त मुद्दामा पुनः सुनुवाइ हुने जानकारी दिइएको छ ।

 


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?