८ माघ २०८२, बिहीबार

अनेरास्ववियु केन्द्रीय सचिव पदका बलियो उम्मेदवार धर्मराज तिमिल्सीना


बाजुरा: अनेरास्ववियुको सचिव पदमा तपाई धर्मराज तिमिल्सीनाको उम्मेदवारी किन? भनेर सोध्दा उहाँ भन्नुहुन्छ युवाहरूलाई राजनीतिक क्षेत्रमा मात्रै होइन प्रशासनिक क्षेत्रमा समेत अब्बल बनाउदै राजनीति र प्रशासन बिचको सम्बन्ध मजबुत बनाउनुछ, यसका लागी
मन्त्रालय विभाग वा अन्य सरकारी कार्यालयमा मात्रै होइन अब ७५३ वटै स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडाहरुमा अनेरास्ववियुले उत्पादन गरेका कर्मचारी मार्फत छिटो, छरितो, गुणस्तरीय सार्वजनिक सेवा वितरण गरि सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यलाई सार्थकता दिनु पर्नेछ त्यसको नेतृत्व गर्दै रोजगारीको दायरालाई फराकिलो पार्नुछ।

No description available.

हिजो केन्द्रीय कमिटीमा रहदा पनि मैले निःशुल्क ट्युसन कक्षा तथा मेमोरी पावर सेमिनार कक्षा सञ्चालन, निःशुल्क लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका कक्षा सञ्चालन, SEE र कक्षा १२ को नतिजा त्रुटी रहित बनाउन राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण, पाठ्यपुस्तकका त्रुटी सच्याउन पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण (पाठ्यपुस्तक सच्चिएर प्रकाशन), SEE परीक्षा दिएका लाखौं विद्यार्थी लक्षित निःशुल्क Bridge Course तथा अन्य तालिम सञ्चालन, महानगरले वेवास्ता गरेको बाढी पिडित सुकुम्बासी बस्तीमा फोहोर व्यवस्थापन, राहत र उद्धार,
यातायातमा विद्यार्थीलाई दिइने छुट लागु गर्नुका साथै हवाई यातायातमा समेत छुट दिने व्यवस्था गर्न संघीय संसदको ध्यानाकर्षण, नेपाल एयरलाइन्सले आन्तरिक उडान तर्फ २५% छुट दिने व्यवस्था, नियमित सांगठनिक गतिविधि र मासिक रिपोर्ट कार्ड सार्वजनिक, विद्युत महसुल चुहावट विरुद्ध आवाज, विपत्तिका समयमा संवेदनशील बन्न र तत्काल उद्धार गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण , विभिन्न मन्त्रालयसँग समन्वय गरि विज्ञ कक्षा सञ्चालन, लोकसेवा आयोगका अध्यक्ष लगायत उच्चपदस्थ व्यक्तिहरु निमन्त्रणा गरी विद्यार्थीको करियर काउन्सिल तथा उत्प्रेरणा, संकटमा विद्यार्थीलाई राहत र उद्धार, मकटेस्ट सञ्चालन, सडक निर्माण, मन्दिर निर्माण, जेब्राक्रस निर्माण लगायत विभिन्न रचनात्मक कार्य गरि लाखौँ विद्यार्थीको हित र सरोकारका विषयमा अग्रपंतिमा रहेर, विद्यार्थीको निकट रहेर काम गरेको छु। प्रतिनिधि साथिहरुले यो कुरा मनन गर्नुहुनेछ।

आर्थिक,सामाजिक,सांस्कृतिक रूपान्तरणको यात्रामा सचेतछु,विद्यार्थीका आधारभूत आवश्यकता प्रति सजग छु, श्रम, रोजगार र उद्यमशिलता प्रमुख एजेन्डा बनाएको छु, सार्वजनिक प्रशासन तथा शासकीय प्रबन्ध सम्बन्धी जानकार छु, न्याय र दण्ड प्रति सजग छु, राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी जानकार छु, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको सवालमा संवेदनशील छु, वातावरणीय संवेदनशीलता प्रति सजग छु, विद्यार्थी साथिहरुका लागि उचित परामर्श र सहयोग गर्न सक्छु, देशकै उत्कृष्ट विशेषज्ञ प्रशिक्षकहरु मार्गदर्शनमा उन्नत शिक्षा र सेवा आयोगका निशुल्क तयारी कक्षा सञ्चालन गर्दैछु , अनुशासन र मर्यादालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्न, शान्त स्वच्छ स्वस्थ शैक्षिक वातावरण निर्माण गर्न अग्रपंतिमा छु। तसर्थ आजको युग सुहाउदो शैक्षिक गतिविधिलाई सत्मार्गमा लिन म सचिव पदको उम्मेदवार बनेको छु। प्रतिनिधि साथिहरुले न्याय गर्नुहुनेछ ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?