
बाजुरा: गणतन्त्र दिवस-२०८२ को अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा आज बिहान प्रभातफेरी तथा सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गणतन्त्र दिवस मूल समारोह समिति,बाजुराकाे आयोजनामा सम्पन्न भएको हो। प्रभातफेरी सदरमुकामम मार्तडीकाे खुलामंचबाट सुरू भई मार्तडी बजार परिक्रमा गर्दै पुन: खुलामंचकाे परिसरमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकाया, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू,सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा वक्ताहरूले गणतन्त्रको रक्षा, समावेशी लोकतन्त्रको प्रवर्द्धन र जनउत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, बिहीबार