१९ मंसिर २०८२, शुक्रबार

क्याम्पसका कर्मचारीहरुको क्षमता बिकास तालिम संचालन


सुशिल राेकाया: सुदुरपश्चिम बिश्वबिध्यालय अन्तरगत बाजुरा क्याम्पसमा कर्मचारीको क्षमता बिकास तालिम संचालन भएको छ । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसमा सो तालिम संचालन गरिएको हो ।
No description available.
सुदुरपश्चिम बिस्वबिध्यायल अन्तरगत बिभिन्न क्याम्पसका कर्मचारीहरुको क्षेमता बिकाशका लागि सो तालिमको आयोजना गरिएको बाजुरा क्याम्पसका प्रशासन कर्मचारी मदन राज जैशीले बताए । सुदुरपश्चिम बिस्वबिध्यालय बाजुरा क्याम्पसको आयोजना तथा बिश्वबिध्यालय अनुृदान आयोगको आर्थिक सहयोगमा सो तालिमको आयोजना गरिएको जैशीले बताए ।
तालिमको उद्धघाटन कार्यक्रम बाजुराका क्याम्पसका क्याम्पस प्रमुख रुपक बहादुर रौलेको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । कार्यक्रमका बिषिष्ठ अतिथि सुदुरपश्चिम बिस्वबिध्यालका लेखापाल अशोकसिहं  भण्डारी रहेका थिए ।
त्यसै गरी कार्यक्रममा उद्धघाटन कार्यक्रमको स्वागत बाजुरा क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख सुरेश प्रशाद पण्डितले गरेका थिए भने कार्यक्रमको संचालन बाजुरा क्याम्पसका प्रशाशन शाखाका मदनराज जैशीले गरेका थिए ।
कार्यक्रममा सुदुरपश्चिम बिश्वबिध्यालय अन्तरगतका क्याम्पसका कर्मचारी,बाजुरा क्याम्पसका स्वबियु अध्यक्ष लक्ष्मण रोकाया लगायतको उपस्थिती रहेको थियो । तालिम आज देखी १७ गतेसम्म बाजुरा क्याम्पसको तालिम हलमा संचालन हुने भएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार