३० जेष्ठ २०८२, बुधबार

नेकपा एमाले बाजुराद्धारा जनउत्सव कार्यक्रमको आयोजना


बाजुरा: नेकपा एमले जिल्ला कमिटी बाजुराले १८ औँ गणतन्त्र दिवसको अवसरमा जनउत्सव कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडीमा एक समारोहका बिच सो कार्यक्रमको आयोजना गरिएको हो । नेकपा (एमाले) केन्द्रीय कमिटिको सर्कुलर बमोजिम देशव्यापी उत्सवका रूपमा मनाउने निर्णयअनुरुप जिल्लामा पनि जनउत्सव कार्यक्रमको आयोजना गरेको नेकपा एमाले बाजुराले जनाएको छ ।

नेकपा एमाले बाजुराले आज जिल्ला कमिटि मात्र नभई, स्थानीय तहका पालिकाहरूका पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न निर्देशन गरिएको नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीले बताएका छन ।

पालिका स्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने उनले बताए । एमालेले गणतन्त्र दिवसलाई जनस्तरमा अझ व्यापक बनाउने उद्देश्यले स्थानीय तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको नेकपा एमाले बाजुराका अध्यक्ष ओलीले बताएका छन ।

नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका थिए । नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा जनसंगठन बिभाग प्रमुख अमर खड्काले संचालन गरेको कार्यक्रमका बिषिष्ठ अतिथि एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव निर बहादुर शाही रहेका थिए ।

कार्यक्रमको स्वागत नेकपा एमाले बडीमालिका नगर कमिटि अध्यक्ष राजेश पायलले गरेका थिए । कार्यक्रमा नेकपा एमाले जिल्ला कमिटि नेता, जनसंगठनका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी लगायत उल्लेख्य सहभागीता रहेको थियो ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार