
बाजुरा: नेकपा एमले जिल्ला कमिटी बाजुराले १८ औँ गणतन्त्र दिवसको अवसरमा गौमुल गाउँकमिटिलाई सम्मान गरेको छ । २०७९ को स्थानिय तह निर्वाचनमा उत्कृष्ठ काम गरेवाफत सम्मान गरेको हो । स्थानिय तह निर्बाचन २०७९ मा गाउँपालिका अध्यक्ष, उपाअध्यक्ष, वडा अध्यक्ष वडा सदस्य लगायत सबै पदमा नेकपा एमालेका उम्मेद्धारलाई बिजय गराउन सफल भएको भन्दै सम्मा गरिएको नेकपा एमाले बाजुराका अध्यक्षल लाल बहादुर ओलीले बताएका । गणतन्त्र दिवसको अवसर पारी जनउत्स कार्यक्रमका बिच सो सम्मान गाउँपालिका अध्यक्ष बिरेन्द्र बोहराले बुझेका हुन ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका थिए ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा जनसंगठन बिभाग प्रमुख अमर खड्काले संचालन गरेको कार्यक्रमका बिषिष्ठ अतिथि एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव निर बहादुर शाही रहेका थिए । कार्यक्रमको स्वागत नेकपा एमाले बडीमालिका नगर कमिटि अध्यक्ष राजेश पायलले गरेका थिए । कार्यक्रमा नेकपा एमाले जिल्ला कमिटि नेता, जनसंगठनका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी लगायत उल्लेख्य सहभागीता रहेको थियो ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, बिहीबार