
बाजुरा– बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाईते भएका छन । घाइते भएका दुबै जनाकाे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको जनाएकाे छ । दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा रहेका छन । घाईतेको उद्धार गरी जगन्नाथ गाउपालिकाले कोल्टी आधारभुत अस्पताल पठाएको छ ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ । सो घटनाको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरि साे जीपमा सवार ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा कैलाली,धनगढी उपमहानगर- ५ तानानगर घर भइृ नेपाल टेलिकम बाजुरा शाखा कार्यलय प्रमुख बर्ष-४८ का लोक बहादुर खड्का,कञ्चनपुर कृष्णपुर नपा-२ वाणी घर भएका जीप चालक ५७ बर्षका करन सिंह महतरा त्यसै गरि बाजुरा, बडिमालिका नगरपालिका-७ ढम्कने घर भइ नेपाल टेलिकम कालाजाग्रामा कार्यरत सुरक्षा गार्डमा कार्यरत ३५ बर्षका रबिन्द्र धामी रहेका छन । तिनै जनाकाे घटना स्थलमै मृत्यू भएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, मंगलवार