
बाजुरा: बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा आज बिहान १० बजेतिर जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा नेपाल टेलीकम दुरसंचार प्राधिकरणका प्रमुख लोक बहादुर बिष्ट, चालक कर्ण महत र बडीमालिका ७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतकको उमेर भने खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही जीप दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईतेको उद्धार गरी जगन्नाथ गाउपालिकाले कोल्टी आधारभुत अस्पताल पठाएको जनाएको छ ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथ गाउँपालिका वडा न २ को काडाकोटमा रहेको टावरको मर्मतका लागि गएको बेला दुर्घटना भएको टेलीकमले जनाएको छ । जीप सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । सो घटनाको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, मंगलवार