२६ जेष्ठ २०८२, शनिबार

बाजुराको गौमुलमा बाघको आक्रमणबाट भेडा र बाख्रा मरे


सुशिल राेकाया– जिल्लाको गौमुल गाउपालिका वडा नम्बर ३ को दल्लेडी गाउँमा बाघको आक्रमण बाट भेडा र बाख्रा मरेका छन् । आईतवार राति स्थानिय मदन बोहराको बाख्री घोरमा बाघ पसेर ६ बाख्रा र ११ भेटा मारेको हो । गाउँ नजिकैको बाख्री घोरको पछाडिपट्टीको झ्याल फुटाएर भेडा, बाख्रा बाघले आक्रमण गरी मारेको अवस्थामा फेला पारेको स्थानीय धनलाल बोहराले जानकारी दिएका छन् ।
५६ भेडा बाख्रा मध्ये कोहि मारेका, कोही खाएर छोडेका र १ वटा घाइते अवस्थामा फेला पारेको उनले बताए । विगत ६ बर्ष देखि स्थानिय मदन बोहरा गाउँमै ब्यबसाहिक हिसाबले भेडा बाख्रा पालन गर्दै आएका थिए । भेडा बाख्रा पालेरै बुढा बाजे बज्जै, बा आमाको लाललन पालन देखि छोराछोरीको पढाई र अन्य घर खर्च यहि ब्यबसाय बाट धान्ने गरेको थियो,आयस्रोतको रुपमा रहेका भेडा,बाख्राहरू बाघले मारेपछि समस्या भएको पीडित बोहराले बताए। बाघले भेडा, बाख्राहरुलाई आक्रमण गर्दा करिब ३ लाख ६० हजार बढीको नोक्सान भएको छ ।
बेला बेलाको बाघको आक्रमणले स्थानीयले ठुलो क्षति व्यहोर्नु परेको छ । बाघको आतंकबाट स्थानीयका भेडा, बाख्रा मारेर धेरै क्षति गर्न थालेपछि पछिल्लो समय भेडा व्यवसाय संकटमा परेको देखिन्छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार