७ असार २०८३, आईतवार

पाँच दिने आधारभूत पत्रकारिता तथा उद्घाेषण तालिम सम्पन्न


सुशिल राेकाया: बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न भएको छ । जेठ ७ गतेदेखी संचालन भएको आधरभुत पत्रकारीता तथा उद्धघोषण तालिम औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको ो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका र बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा तालिमको आयोजना गरिएको थियो ।
आधारभूत पत्रकारीता तालिममा २९ जना भन्दा बढिको सहभगीता रहेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । अध्यक्ष सिहंका अनुसार उक्त तालिममा बुढीगंगा नगरपालिकाका विभिन्न माबि तह कक्षा ११ र १२ मा अध्ययन गर्ने विध्यार्थी र क्याम्पसमा अध्यानरत विध्यार्थीहरु रहेका रहेका थिए ।

पत्रकारकारिता क्षेत्रबाट देश तथा समाज बदल्न सकिने हुँदा बुढिगङ्गामा पत्रकारिताहरूको सङ्ख्या बढाउन यस्ताे खाले तालिमकाे आयोजना गरिएको बताउँदै उपप्रमुख माया कुवर खड्काले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न समेत आग्रह गरेकी छन । बुढीग‌ंगा नगरपालिकाकाे विकास समृद्धिलाई पत्रकारीताकाे माध्यम मार्फत बाहिर आउने आशा रहेकाे र तालिम भत्ताका लागि नभएर ब्यबाहारीक रुपमा लागु गर्न  नगर उप-प्रमुख कुवरले बताएकी छन्।

पत्रकार बन्न र पत्रकारिता गर्नका लागि पहिला पूर्ण अध्ययन हुन आवश्यक रहेको कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका थिए । अध्ययन बिना पत्रकारिता सम्भव नहरेका कारण पत्रकारितासँगै अध्ययन र बोल्ने बानीको विकासका लागि आधारभूत तथा उद्घोषण तालिमले सहभागी प्रशिक्षार्थीहरुलाई पत्रकारीता सिक्न तथा पत्रकारीतामा केही गर्नुपर्छ भन्ने साहस आउँने कार्यक्रममा बाेल्ने बक्ताले विश्वास व्यक्त गरेका थिए ।

तालिममा सहभागीहरुले तालिममा सिकेका कुराहरु आफ्नो व्यवहारिक जिवनमा लागू गर्ने प्रतिबद्धता समेत जनाएका छन। सिकेका कुराहरुलाई व्यवहारमा लागू गरि पत्रकारीताकाे भुमिका निभाउन प्रयास गरिने सहभागीहरुकाे भनाइ रहेकाे थियाे।  ५ दिन सम्म स‌चालन भएकाे उक्त्त तालिमकाे सहजिकरण तथा प्रशिक्षण पत्रकार कृष्ण ओली, प्रकाश सिंह, सर्पलाल गिरी, निमेन्द्र शाही, मदन जाेशी, नेपाल स्काउटका सुदुरपश्चिम प्रदेश आयुक्त्त नरेन्द्र थापा, पत्रकार लक्ष्मीराज पाध्याय, रमित विक लगायतले गरेका थिए ।

तालिमको समापन कार्यक्रम नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर उपप्रमुख माया खड्का कुवर रहेकी थिईन ।
समापन कार्यक्रममा बुढीगंगा नगरपालिका ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता हेमराज जैशी, सीप विकास तथा प्रशिक्षण प्रतिष्ठानका कार्यक्रम संयोजक महेश जोशी, पत्रकार महासंघ बाजुराका पुर्व सचिव तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली, नेपाल स्काउटका सुदुर पश्चिम आयुक्त नरेन्द्र थापा, प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत अतिथि रहेका थिए ।
पत्रकार महासघ सचिव प्रेम रौलेले संंचालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष सगिंता तिमिल्सिेनाले गरेकी थिईन ।


प्रकाशित मिति: ११ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives