२६ जेष्ठ २०८२, शनिबार

बुढीगंगा नगरपालिकाद्धारा उपप्रमुख कोशेली प्रदान


सुशिल राेकाया: बुढीगंगा नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । बुढीगंगा नगरपालिकाको निती तथा कार्यक्रम अन्तरगत कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको हो । नगरपालिकाले वडा न १, २ र ३ नम्मर वडामा आज एक कार्यक्रमका बिच उपप्रमुख सुत्केरी कोशेली कार्यक्रम सुरु गरिएको नगर उप प्रमुख माया कुवर खड्काले बताएकी छन । बुढीगंगा नगरपालिका वडा नं. १ ,२र ३ मा कोशेली कार्यक्रममा वडा नं. १ का ४० जना वडा न २ र ३ गरि जम्म ४९ जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका सुत्केरी महिला तथा नवजात शिशु गरिव विपन्न आर्थिक अवस्था कमजोर स्वास्थ्य क्षेत्रको पहुँच भन्दा टाढा रहेकाहरुको स्वाथ्य सुधारमा सहयोग पुग्ने कार्यक्रमको उद्देश्यका साथ नगरपालकिाले सो कार्यक्रम निरन्तर गर्दै आएको नगर उप प्रमुख कुवरले बताएकी छन । बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगर उपप्रमुख कोशेली कार्यक्रम लागु गर्न नीति तथा कार्यक्रममा ल्याएको थियो । सो कार्यक्रम नगर उपप्रमुख कोशेली कार्यक्रम संचालनका लागि कार्यविधि बनाएर कार्यन्वयन प्रकृयामा गएर निरन्तर हुदै आएको उनले बताएकी छन ।
नगर उपप्रमुख विशेष कार्यक्रम अन्तर्गत विपन्न परिवार, एकल महिला, लैंगिक हिंसा पीडित, दलित तथा पछाडि पारिएका समुदाय लक्षित उद्यम विकासका कार्यक्रमलाई थप प्रबद्र्धन गर्दै निरन्तरता दिएको उनले भनिन् । आफ्ना नागरिकहरुको समुन्नत स्वास्थ्यको लागि नगरपालिकाले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको र उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम मार्फत नगर क्षेत्रभित्रका सुत्केरी आमाहरुलाई कोशेली सहित सम्मान गरिएको उपप्रमुख कुवरले बताइन् । समयमै जन्मदर्ता गर्ने बानीको विकास गर्न, मातृ शिशु मृत्युुदर घटाउने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । नगरपालिकाले बजेट छुट्याएर उप–प्रमुख कोसेली कार्यक्रम सुरु गरेको नगर उप प्रमुख कुवरले जानकारी दिइन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार