२७ जेष्ठ २०८२, आईतवार

बाजुराकाे बुढीनन्दा नगरपालिकामा ट्याक्टर दुर्घटना


बाजुरा: जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा न ३ मा मालबाहक ट्याक्टर दुर्घटना भएकाे छ । शनिबार (आज) बिहान कोल्टी बजारबाट बुढीनन्दा नगरपालिका ३ चुकिरूखमा दुर्घटना भएकाे हाे । बुढीनन्दा नगरपालिका ३ स्थित सपुराली बड्डाला खानेपानी निर्माण आयाेजनाको सिमेन्ट र पाइप बाेकेर गएकाे ट्याक्टर दुर्घटनामा परेकाे स्थानिय महेश कार्कीले बताएका छन ।

No description available.

निर्माण साम्रगी बाेकेर काेल्टीबाट गएकाे ट्याकटर चुकिरुखमा कुरुवाट आएको जीपलाई साईट दिन खाेज्दा दुर्घटना भएकाे स्थानियले बताएका छन । उक्त ट्याक्टर सडकबाट ५ मिटर तल खसेको जनाईएकाे छ । चालक भने सकुशल रहेका स्थानियले बताएका छन ।


प्रकाशित मिति: १२ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार