२६ जेष्ठ २०८२, शनिबार

गौमुल गाउपालिका वडा नम्बर ३ मा एकीकृत निशुल्क स्वास्थ्य शिविर सञ्चाल


सुशील राेकाया : जिल्लाको गौमुल गाउपालिका वडा नम्बर ३ माझपालीमा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन भएको छ ।
गौमुल गाउपालीकाको सहयोग पालिका स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य केन्द्र माझपालीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
स्वास्थ्य संस्था अथवा ठुला अस्पताल सम्म पुग्न नसक्ने नागरिकहरूलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ३ नम्बर वडा कार्यालयको समन्वयमा एकीकत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताए ।
शिविरको उद्घाटन बिरामीलाई पुर्जा दिएर ३ नम्बर वडा अध्यक्ष गोरखबहादुर बोहराले गरेका थिए । बोहरले जनताको घर दैलोमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदा सबै तहका जनताले सम्मान सेवा पाउने बिश्वास ब्यक्त गरे
उक्त शिविरमा भिडियो ऐक्सरे सेवा ७० जना,नसर्ने रोग सबन्धि चेकजाँच ७ जना, क्षरोग परिक्षण ५ जना, गर्भवती महिलाहरूको चेकजाँच सहित अन्य गरि जम्मा १८५ जनाले सेवा लिएका छन् ।
भौगलिक कठिनाई, गरिबी र अभावका कारण टाढाको अस्पताल सम्म जान नसक्ने नागरिकले गाँउमै बिशेषज्ञ डाक्टरबाट सेवा लिन पाउदा त्यहाँका स्थानीयहरूले खुशि ब्यक्त गरेका छन् ।
हिजो बुधबार बाट सुरू भएको शिविर २ दिन सम्म सञ्चालन गरिएको थियो भने शिविरमा घट्मुना आधारभुत अस्पतालमा कार्यरत डाक्टर कुश नेपाली सहित अन्य स्वास्थ्यकर्मी बाट सेवा प्रदान गरिएको थियो ।


प्रकाशित मिति: ९ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार