
सुशिल राेकाया: जिल्लाको बुढीगंगा नगरपालिकामा माटो परिक्षण घुम्ती शिबिर संचालन भएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको प्राबिधीक सहयोग तथा बुढीगंगा नगरपालिकाको आयोजनामा सो शिबिरको आयोजना गरिएको हो ।
बुढीगंगा नगरपालिका भित्र रहेका कृषकहरुको माटोको प्रकार कुन प्रजातीको खेती लगाउन मिल्छ भन्ने उदेस्य सहित उत्पादनमा जोड दिने उदेस्यका साथ माटो परिक्षण घुम्ती शिबिर संचालन गरिएको हो । बुढीगंगा नगरपालिकाको फालाशैन, ताँप्रीशेरा र बेतालमाण्डौ लगायतका ठाउँमा माटो परिक्षण घुम्ती शिबिर संचालन गरिने बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन ।
बुधबार एक कार्यक्रमका बिच माटो परिक्षण घुम्ती शिबिर संचालन गरिएको छ । बुढीगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाको अध्यक्षतामा संचालन भएको सो शिबिर फालाशैनमा संचालन गरिएको नगरपालिकाले जनाएको छ । सो शिबिर ३ दिन सम्म बिभिन्न ठाउँमा संचालन गरिने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, बुधबार