१९ मंसिर २०८२, शुक्रबार

बाजुराको बुढीगंगामा आधरभुत पत्रकारीता तालिम संचालन


सुशील राेकाया : जिल्लाको बुढीगंगा नगरपालिकामा ५ दिने आधारभुत पत्रकारीता तालिम संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप बिका तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो ।
बुधबार देखी सुरु भएको आधारभुत पत्रकारीता तालिममा २० जना भन्दा बढि सहभगीता रहने नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । बुढीगंगा नगरपालिका सीप विकाश तथा प्रशिक्षण प्रतिष्ठानको सहयोगमा संचालन भएको उक्त तालिममा बुढीगंगा नगरपालिकाका बिभिन्न माबि तह कक्षा ११ र १२ मा अध्यायन गर्ने बिध्यार्थी र क्याम्पसमा अध्यानरत बिध्यार्थीहरु रहेका छन ।

No description available.
बुधबार एक कार्यक्रमका बिच सो तालिमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया रहेका छन ।
उद्धघाटन कार्यक्रमा बुढीगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष पदम भण्डारी सीप बिकास तथा प्रशिक्षण प्रतिष्ठानका कार्यक्रम संयोजक महेश जोशी पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष मदन जोशी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली, प्रेस सेन्टरका केन्द्रीय सचिव निमेन्द्र शाही, प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत अतिथि रहेका थिए । पत्रकार महासघका सचिव प्रेम राैलेले संचालन गरेकाे कार्यक्रमकाे स्वागत उपाध्यक्ष रमित विकले गरेका थिए


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार