
बाजुरा: स्वर्गिय बिद्यार्थी नेता चेतनदिप ऐडीको सम्झनमा स्थापना गरिएको चेतनदिप ऐडी स्मृति प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभा सुरु भएको छ ।बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच साधारण सभा सुरु भएको हो । चेतनदिप ऐडी स्मृति प्रतिष्ठानका अध्यक्ष डम्मर महतको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईर्न्चाज लाल बहादुर थापा रहेका छन ।
त्यसै गरि बिषिष्ठ अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय कमिटि लेखा आयोग सदस्य तथा संबिधान सभा सदस्य बसुन्धरा रोकाया, नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर आेली रहेका थिए । अतिथिहरुमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का लगायत रहेका छन ।
प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य तथा बाजुरा जिल्ला ईर्न्चाज लाल बहादुर थापाले पानसमा बत्ति बालेर साधारण सभा कार्यक्रमको उद्धघाटन गरेका छन । चेतनदिप ऐडी स्मृति प्रतिष्ठानका सचिव नरेन्द्र थापाले संचालन गरेको कार्यक्रमको स्वागत चेतनदिप ऐडी स्मृति प्रतिष्ठानका कोषाअध्यक्ष गगन ऐडीले गरेका छन ।
साधारण सभाबाट बिभिन्न निर्णय अनुमोदन गर्नुका साथै चेतनदिप ऐडी स्मृति प्रतिष्ठानको कमिटिलाई पुर्णता दिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, शनिबार