१ असार २०८२, शनिबार

नेकपा एमाले बाजुराले मनायो मदन भण्डारी र जीवराज आश्रित स्मृति कार्यक्रम


बाजुरा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुरा जिल्ला कमिटीको आयोजनामा मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा विशेष कार्यक्रम गरेकाे छ।  कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य  तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, जिल्ला अध्यक्ष लाल बहादुर ओली, जिल्लाका अन्य नेतृत्व, स्थानीय तहका जनप्रतिनिधिहरू, पार्टीका विभिन्न जनवर्गीय संगठनहरूका सदस्यहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले जननेता मदन भण्डारीले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद” आज पनि नेपालको कम्युनिष्ट आन्दोलनका लागि मार्गदर्शक सिद्धान्त रहेको बताएका थिए। उनले देखाएको मार्गमा चल्दै मुलुकको समृद्धि र समाजवाद निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा“मदन भण्डारी र आश्रित जस्ता नेताहरूको बलिदान हाम्रो लागि प्रेरणा हो। उनीहरूको सपनालाई साकार पार्न हामी निरन्तर लागिरहने नृत्वले बताए ।”
कार्यक्रममा सहभागीहरूले मदन–आश्रितको तस्बिरमा माल्यार्पण गर्दै मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। स्मृति दिवसकै अवसरमा मिउजीकल चेयर खेलकाे कार्यक्रममा समेत गरेकाे थियाे । मिउजीकल चेयर खेलमा नेकपा एमाले बाजुरा जिल्ला संगठन बिभाग प्रमुख अमर खड्का प्रथम भएका छन भने दाेस्राे जिल्ला समन्वय समितिका क्रमचारी हिक्मत राेकाया र तेस्राे नेकपा एमाले जिल्ला कमिटी सदस्य जापाना सिंह शाही भएकी थिईन । मिउजीकल चेयर खेलमा नेकपा एमालेका नेता कार्यक्रता पत्रकार संगठनका नेता कार्यकर्ताकाे उपस्थित रहेकाे थियाे । नेकपा एमाले बाजुराले हरेक वर्ष जस्तै यस वर्ष पनि स्मृति कार्यक्रमलाई विशेष रूपमै मनाउँदै आएकाे छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार