३० जेष्ठ २०८२, बुधबार

बालबालिकाको भविष्यबारे अभिभावकलाई सचेत पार्दै बालविकास मावि


सुशील राेकाया: बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ३ मा रहेको बालबिकास माबिले अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
बिध्यालय सेवाक्षेत्र भित्र रहेका प्रत्येक गाउँ तथा टोलहरूमा शिक्षक बिध्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधि र जनप्रतिनिधि सहितको प्रत्यक्ष सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।गुणस्तरीय शिक्षा पर्वद्वन र सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यकासाथ अभिभावक सचेतना टोल शिक्षा कार्यक्रम अन्तर्गत विद्यालय सेवाक्षेत्र भित्रका अभिभावक संग बिध्यार्थिको पढाईका बारेमा छलफल, तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको प्रधानाध्यापक तिर्थ चौधरीले बताए ।
उक्त कार्यक्रममा बालबालिकाको शिक्षामा अभिभावकको भूमिकाका साथै घर र विद्यालयबीचको समन्वय, नियमित उपस्थितिको महत्व, समयअनुसारको पाठ्यक्रम समायोजन, र सिकाइको वातावरण सिर्जनामा अभिभावकको सहयोग आवश्यक भएको विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा शिक्षकहरूले बालबालिकाको शैक्षिक प्रगति अभिभावक र विद्यालयबीचको सहकार्यमा निर्भर हुने बताए। साथै, उनीहरूले अभिभावकहरूलाई विद्यालयको गतिविधिमा सक्रिय सहभागिता जनाउन अनुरोध गरे।
कार्यक्रमले अभिभावकहरूमा शिक्षा प्रतिको चेतना अभिवृद्धि गरेको भन्दै सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। यस्ता कार्यक्रमलाई फेरि पनि निरन्तरता दिने बिध्यालय परिवारले जनाएको छ।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार