१९ मंसिर २०८२, शुक्रबार

बाजुरा क्याम्पस स्ववियुद्धारा नयाँ बर्षको भित्तेपात्रो विमोचन


बाजुरा: स्वतन्त्र विद्यार्थी युनियन बाजुरा क्याम्पसले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको छ । शुक्रवार स्ववियु कमिटीले बाजुरा क्याम्पसमा आयोजना गरेको एक औपचारिक कार्यक्रमविच भित्तेपात्रो विमोचन गरिएको हो । स्ववियु बाजुराका अध्यक्ष लक्ष्मण रोकायाले नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरिएको बताए ।

स्ववियु अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सञ्चालन भएको भित्तेपात्रो विमोचन कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौले, निबर्तमान क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित लगायत अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन स्ववियु सचिव बलबहादुर खड्काले गरेका हुन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार