१ असार २०८२, शनिबार

बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले २०८२ को भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्


शुसिल राेकाया– सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको बाजुरा क्याम्पसमा स्वतन्त्र बिध्यार्थी युनियनले २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम गरेको छ। स्वतन्त्र बिध्यार्थी युनियनको आयोजनामा सञ्चालन भएको कार्यक्रममा भित्ते पात्रोको बिमोचन बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले गर्नु भएको हो ।
भित्ते पात्रोमा क्याम्पस प्रशासन र युनियनको विबिध शैक्षिक एवं सामाजिक कार्यक्रमको झलकहरू समेटिएको छ।
विमोचन कार्यक्रममा बोल्दै वक्ताहरूले यस्तो सिर्जनात्मक प्रयासले क्याम्पसमा सकारात्मक वातावरण सृजना गर्नुका साथै विद्यार्थीहरूमा चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
स्ववियूले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
लक्ष्मण रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बडिमालिका नगर प्रमुख अमर बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो।भने बिशिस्ट अतिथिमा क्याम्पस प्रमुख रूपक रौले अतिथीमा क्याम्पस सहायक प्रध्यापक भिम बिष्ट पत्रकारमहासंघका सचिब प्रेम रौले प्रेस चौतारी बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय रहनु भएको थियो ।
क्याम्पसको सभाहलमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थी नेताहरू, क्याम्पस प्रशासन, शिक्षक–कर्मचारी, तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन युनियन सचिब बल खड्काले गरेका थिए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार