
बाजुरा: नेकपा (एमाले) बाजुराले जेठ १ गते बस्ने गरी जिल्ला प्रतिनिधि परिषद बैठकको आयोजना गर्ने भएको भएको छ । नेपाल कम्युनिष्ट पाटी (एमाले) बाजुराले पहिलो पटक प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको आयोजना गर्ने भएको हो । पार्टी कार्यालय बाजुरामा बसेको सचिवालय बैठकले निर्णय गरि प्रतिनिधि परिषद बैठक आयोजना गरिने भएको नेकपा एमाले बाजुराका सचिव काशी विकले बताए ।
नेकपा एमालेको आठौँ जिल्ला अधिबेशनका प्रतिनिधीहरुको सहभागीतामा भब्य रुपमा कार्यक्रम गरिने सचिव बिकले बताए । यस अघि बाजुरा जिल्लामा प्रतिनिधी परिषद बैठक नभएकोले एमाले बाजुराको यो ऐतिहासिक बैठकको रुपमा रहेको सचिव विकले बताए ।
बैठकमा राजनितीक प्रतिबेदन सांगाठनीक प्रतिबेदन, आर्थिक प्रतिबेदन प्रस्तुत गरिनुका साथै बिभिन्न बिषयमा छलफल हुने गरि कार्यक्रम तय गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८२, बिहीबार