
बाजुरा– सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाजुराको सातौं जिल्ला परिषद सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंले बिभिन्न निर्णय गर्दै सातौँ परिषद सम्पन्न भएको हो । सामुदायिक बन उपभोक्ता महासंघ बाजुराले हाल सम्म गरेका कार्यक्रम र गतिबिधीहरुको जानकारी र आर्थिक र सांगाठनिक प्रतिबेदन समेत प्रस्तुतिकरण गरिएको थियो ।
जिल्लाका ९ वटै पालिका बाट अध्यक्ष सचीव लगाएत पार्षदको उपस्थिति रहेको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ बाजुराको सांगाठनिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएका थिए ।
उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै नगर उप प्रमुख नन्दा कुमारी थापाले सामुदायिक वन उपभोक्ता समूहले हरियो वनको संरक्षणका लागि अग्रणी भूमिका खेलेको उल्लेख गर्दै, वन जोगाउन समितिहरूले गरिरहेको कार्यमा राम्रो भएको बताएकी छन । त्यसै गरि सामुदायिक बनले गाउँमै रोजगारमुखी कार्यक्रम ल्याएर सामुदायलाइ आर्थिक रुपमा अब्बल बनाउने कार्य गर्न सुझाव दिएकी छन । त्यसमा पालिकाले गर्नुपर्ने सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी छन ।
सामुदायिक बन उपभोक्ता महासंघ बाजुराका अध्यक्ष सिता बराल थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा रहेकी थिइन । कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघ बाजुराका सचिव सन्तोष शाहीले संचालन गरेको कार्यक्रममा बिषिष्ठ अतिथि बडीमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष चन्द बहादुर थापा रहेका थिए ।
प्रकाशित मिति: २६ बैशाख २०८२, बिहीबार