२६ श्रावण २०८२, सोमबार

हिमालीमा अनिबार्य तथा निशुल्क शिक्षा सम्बन्धी अन्तरकृया


बाजुरा: सामुदायिक विद्यालयलाई अनिबार्य तथा निःशुल्क शिक्षाका लागि हिमाली गाउँपालिकामा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । हिमाली गाउँपालिका, तथा गैरसरकारी सस्ंथाको सहकार्य र सामाजिक बिकास कार्यालय बाजुराको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो ।

No description available.

सो कार्यक्रममा बोल्दै सामाजिक बिकास कार्यालय बाजुराका प्रमुख मिन बहादुर लामिछनेले भने नेपालको संविधान २०७२ जारी भएको दशक पुग्यो, संविधानले समेत निशुल्क शिक्षालाई अंगिकार गरेको छ, त्यसमा पनि निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ जारी भएको धेरै बर्ष भएको छ, सामुदायिक विद्यालयमा सहयोग लगायत विभिन्न नाममा शुल्क उठाउने कार्य नरोकिएको अवस्थामा संबिधानको कार्यन्वयनमा सबैले अग्रसर भएर लाग्न अनुरोध गरेका छन । संविधान र ऐनको कार्यान्वयनका लागि पनि अभियान सञ्चालन गर्न परेको उनको भनाई थियो ।

सामुदायिक विद्यालयमा विभिन्न बहानामा शुल्क असुल्ने कार्य निरन्तर चलिरहेको हुदा संविधान र ऐन कार्यान्वयन तफै स्थानिय तह र स्थानिय जागरुक बनाउन कार्यशाला सञ्चालन गरिएकोमा शिक्षा बिकास तथा समन्वय ईकाई बाजुराका प्रमुख टिकाराम जोशीले धन्यवाद समेत दिएका छन । यो कार्यशालाले सरोकारवालालाई उत्साही बनाएको छ, उनले भने,अब ब्यवस्थित तरिकाले विद्यालयमा अभियान सञ्चालन हुनेमा बिस्वस्त रहेको बताएका छन । जिल्लाका केही बिध्यालयले बिभिन्न बाहानमा भर्ना शुल्क लिएको जानकारी पाईएको छ यस्ता बिध्यालयलाई कानुनी उपचार खोज्ने उनको दाबी छ ।

नेपालको संविधान भाग ३ को धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ एवम् प्राथमिक तह देखि माध्यमिक तह शिक्षा सम्म निशुल्क शिक्षाको ब्यवस्था गरेको छ । सोही अनुसार सामुदायिक विद्यालयहरुमा भर्ना र पठनपाठन गर्न गराउन र अभिभावक र विद्यार्थीहरुबाट कुनै पनि बहानामा कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने बैधानिक व्यवस्था छ ।

हिमाली गाउँपालिकाको कार्यालय संचालन भएको कार्यशाला गोष्ठी सामाजिक बिकाश कार्यालय बाजुराका प्रमुख मिन बहादुर लामिछानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारी रहेका थिए । कार्यक्रममा शिक्षा बिकाश तथा समन्वय ईकाई बाजुराका प्रमुख टिकाराम जोशी, शिक्षा अधिकृत दयाराम जोशी, पत्रकार लगायत अतिथि रहेका थिए ।

कार्यशालामा हिमाली गाउँपालिका भित्रका सामुदायीक बिध्यालयका प्रअ, बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रतिनीधी, शिक्षक अभिभावक संघक अध्यक्ष तथा पदाधिकारी रहेको कार्यक्रममा शिक्षा अधिकृत दयाराम जोशीले सहजीकरण गरेका थिए ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार